
विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले दुईवटा घर रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
खोटाङ र भक्तपुरमा दुईवटा घर भएको विवरण सार्वजनिक गरेका हुन् । खोटाङको रुपाकोट मझुवागढीमा पुख्यौली स्रोतबाट एउटा घर जोडेको विवरण पेस गरेका उनले भक्तपुरको मध्यपुर थिमीमा भने आफ्नै स्रोतबाट खरिद गरेको उल्लेख गरेका छन् ।
मन्त्री राईले सार्वजनिक गरेकाे विवरणमा खोटाङमा ६६ रोपनी जग्गा र १० तोल सुन रहेको उल्लेख छ ।

























