
विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक विवरण अनुसार मन्त्रीको नाममा एउटा घर छ । इलामको ६ ठाउँमा मन्त्री मगरको नाममा जग्गा छ ।
तीन वटा कम्पनीमा मन्त्री मगरको नाममा शेयर छ । उनले ३८ लाख ५० हजार रुपैयाँ ऋण रहेको विवरण सार्वजनिक गरेका छन् ।

























