
विराटनगर । कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक विवरण अनुसार उनको नाममा सुनसरीमा ६ बिगा जग्गा र घर छ । जग्गा ३ करोड १९ लाखमा खरिद गरेको उल्लेख गरेका छन् । यो जग्गा खरिदका लागि ११ बिगा जग्गा बिक्री गरेको जनाएका छन् ।
त्यस बाहेक ३ स्थानमा खेती योग्य जमिन छ ।
मन्त्री मण्डलको घरमा ६ वटा मोटरसाइकल छ । गाई बाख्रा र भैसीँलाई सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
हेर्नुहोस् विवरण

























