वाङ यीलाई नेपाल भ्रमणको निम्तो

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १४, शुक्रबार २२:२१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणको निम्ता दिएकी छन् ।

चीनको छन्दु सहरमा शुक्रबार द्विपक्षीय भेटवार्ताका क्रममा उनले वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएकी हुन् । उनले चीनको ७५ औं स्थापना दिवस र आगामी वर्ष नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवका अवसरमा चीन सरकार र चिनियाँ नागरिकलाई बधाई दिएकी छन् ।

चिनियाँ विदेशमन्त्रीकै निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा गएकी मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा छेन्दु पुगेकी हुन्। उनीहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्रीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो।

दु्ई देशबीचको सम्बन्धमा उल्लेखनीय उपलब्धि हासिल भन्दै मन्त्री राणाले चीन भ्रमण गर्ने नेपालीलाई भिसा शुल्क नलाग्ने घोषणा हालै गरेकोमा त्यहाँको सरकारलाई धन्यवाद दिइन्। भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझदारी एवं सम्झौता हुने विभिन्न आयोजना तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो।

ओली आगामी सोमबार चीन भ्रमणमा जाँदैछन् । शुक्रबार साँझ चिनियाँ विदेशमन्त्रीले नेपाली भ्रमण टोलीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । मन्त्री राणा शनिबार नेपाल फर्किने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.