स्थानीय तह उपनिर्वाचनको सबै तयारी सकियो

Share this
642shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १५, शनिबार १४:३१

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको सबै तयारी सकिएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनअन्तर्गत भोलि (आइतबार) मतदान गर्ने दिन हो ।

सबै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त रहेका ४१ पदका लागि मतदान हुने छ ।

नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुने छ । २ जिल्ला समन्य प्रमुख र १ वडाध्यक्ष यसअघि नै सर्वसम्मत रूपमा निर्वाचित भइसकेका छन् ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले उपनिर्वाचनको सबै तयारी पूरा भइसकेको जानकारी दिइन् । उनका अनुसार गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा परिचयपत्र वा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, दोलखाको गौरीशंकर, रुकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक–खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ ।

त्यस्तै, ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३, झापाको कन्काई नगरपालिका– ६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका–६, ओखलढुंगाको मोलुङ गाउँपालिका– ५, उदयपुरको त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका–९, सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहतको ईशनाथ नगरपालिका–७, रौतहटका राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ मा वडाध्यक्ष पदका लागि निर्वाचन हुने छ ।

काठमाडौंको काठमाडौं महानगरपालिका–१६, कीर्तिपुर–१ र ४, नुवाकोटको ककनी गाउँपालिका–२, मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १२, गोरखाको गोरखा नगरपालिका–५, गुल्मीको मुसिकोट नगरपालिका–१, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१, रोल्पाको रुन्टीगढी गाउँपालिका–४, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ र रुकुम (पश्चिम भाग)को सानीभेरी गाउँपालिका– ५ वडाध्यक्ष पदका लागि चुनाव हुँदैछ ।

दैलेखको दुल्लु नगरपालिका–१३, जाजरकोटको कुसे गाउँपालिका–७, कालीकोटको तिलागुफा नगरपालिका–४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, बझाङको सूर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहुँ गाउँपालिका– ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा निर्वाचन हुने जानकारी निर्वाचन आयोगले दिएको छ ।

आयोगका अनुसार विभिन्न २० राजनीतिक दल र स्वतन्त्रसहित उपनिर्वाचनमा ३ सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । यसअघि जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई र कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी (भुल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगंगा गाउँपालिका–२ मा नेकपा (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

उपनिर्वाचनका लागि उम्मेदवारहरुले मंसिर २ गते मनोनयनपत्र दर्ता गराएका थिए । मतदान कार्य सम्पन्न भइसकेपछि मतपेटिका संकलन गरिने छ । मतपेटिका मतगणनास्थलमा मतपेटिका ल्याइसकेपछि मतगणना सुरु हुने आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.