
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको उपनिर्वाचनको मतगाणना आजबाटै सुरु गर्ने तयारी भएको छ । जसका लागि मतगणना स्थल तयार बनाइएको छ ।
अध्यक्ष पदका लागि भएको निर्वाचनमा मतदान सकिएपछि मतपेटिका संकलन हुनेछ ।
लगतै मतणना पनि सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले बताए । मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर तुरून्तै गणना सुरू गर्ने तयारी भएको उनले बताए ।
मतगणना स्थलसमेत तयारी अवस्था राखिएको बताए । दुईवटा टोली बनाएर मतणना गर्ने तयारी भएको उनले बताए ।

























