
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा करिब ६२ प्रतिशत बढी मत खसेको छ । विभिन्न ४१ पदमा जारी उपनिर्वाचनमा ६२ प्रतिशत बढी मत खसेको हो ।
निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार यो संख्या दिउँसो ४ बजेसम्मको हो । निर्वाचन अवधि सकिएपछि थप विवरण आउने छ ।
बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको हो ।

























