
विराटनगर । स्थानीय तहको उपनिर्वाचन सकिएको छ । देशभर नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । निर्वाचनमा ६२ प्रतिशतले मतदान गरेका छन् ।
मतगणनापछि मतपेटिका संकलन भइरहेको छ । उपनिर्वाचन भएको स्थानीय तहमा आजै मतगणना सुरु गर्ने तयारी छ ।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि भएको उपनिर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता थियो । ग्रामथानमा १०४ वर्षीय वृद्धाले पनि मतदान गरिन । मतदानका लागि सहभागी भएकी एक वृद्धा मतदान स्थलमै बेहोस पनि भएकी थिइन् ।
७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता थिए । तीमध्ये १८ हजार ५ सय ७७ जना मतदान गरे । सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार ७१.३३ प्रतिशत खसेको छ ।
हेर्नुहास् मतदान सुरु भएपछि मतपेटिका संकलनसम्मको दृश्य


































