
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–२ धारापानीमा ट्याक्टरले किचेर सोमबार साँझ १ जनाको मृत्यु भएको छ ।
घोडेटार–भोजपुर कच्च सडक खण्डमा पराल बोकेर कावा खोलाबाट लुंगिनतर्फ जाँदै गरेको को २ त ७२६८ नम्बरको ट्याक्टरबाट २२ वर्षीय एक्सन भुजेल खसेका थिए । ट्याक्टरबाट खस्नसाथ उनलाई बीचको चक्काले किचेको थियो ।
भुजेलको घटनास्थलमै मृत्यु भएको हतुवागढी–८ का वडाध्यक्ष प्रेमबहादुर भुजेलले जानकारी दिए । ट्याक्टर चालक २८ वर्षी सुमन सार्कीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

























