
काठमाडौं । चीनले नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान दिने भएको छ । विभिन्न परियोजना सञ्चालनका लागि नेपाललाई अनुदान प्राप्त हुने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालन गर्न नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता भएको छ । चीनले दिने सहयोगबाट चीन र नेपालले पहिचान गरेका परियोजनाहरु बन्ने भएका छन् ।
यसअघि सन् २०१७ मा पनि यस्तै सम्झौता भएर खासगरी उच्च पहाडी र हिमाली क्षेत्रमा चिनियाँ सहयोगमा परियोजनाहरु निर्माण भएका थिए । त्यसैको निरन्तरता स्वरुप यो सम्झौता भएको बताइएको छ ।
यसका अतिरिक्त चीन सरकारसँग सन् २०२४ देखि २०२९ सम्म विभिन्न विकास योजनामा सहयोग लिने सम्बन्धी एमओयूसमेत भएको छ । कति रकम नेपालले प्राप्त गर्ने भन्ने एमओयूमा उल्लेख छैन ।
*यसअघि ९ अर्ब हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ :स

























