
काठमाडौं । नेपाल सरकार र चीन सरकार बीच चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ‘फ्रेमवर्क’मा बुधबार हस्ताक्षर भएको छ ।
बीआरआई सहकार्यको ‘फ्रेमवर्क’मा दुई देशबीच हस्ताक्षर भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली अहिले चीनको औपचारिक भ्रमणमा छन् । उनको भ्रमणकै बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको ‘फ्रेमवर्क’मा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको थियो । तर, सहकार्यको ‘फ्रेमवर्क’मा हस्ताक्षर भएको छ।
बीआरआईमा नेपालले चीनसँग ऋण भन्दापनि अनुदानमा पहल गर्ने कांग्रेस र एमालेबीच समझदारी भएको थियो। चीनले बीआरआई अनुदानमा दिन नसकिने स्पष्ट पारेको छ ।

























