
कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरीको निधन भएको छ । ३५ वर्षीय गिरी करिब २ वर्षदेखि मुखको क्यान्सरबाट पीडित थिए ।
दोदोधरा अस्पताल बौनियामा उपचारका क्रममा उनको शुक्रबार निधन भएको हो । उनी नेपाली कांग्रेसबाट २०७४ र २०७९ सालमा वडाध्यक्ष निर्वाचति भएका थिए ।
गिरीका श्रीमतीसहित दुई छोरा र एक छोरी छन्। नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्यसमेत रहेका गिरीको आज (शनिबार) फलेबिसौनामा अन्त्येष्टि गरिने भएको छ ।

























