एनपीएलः कर्णालीसँग विराटनगर पराजित

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २२, शनिबार १६:२२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सातौं दिनको दोस्रो खेलमा कर्णाली याक्स विजयी भएको छ । कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित टियूको खेलमा मैदानमा भएको खेलमा टस जितेर विराटनगरले पहिलो बलिङ रोज्दै कर्णालीलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो ।

पहिलो ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रनको योगफल तयार पार्यो । विलियम बोसिस्टोल ६६ रन र देव खनालले ५३ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङमा विराटनगरका प्रतिस जिसीले ४, बसिर अहमद, क्रिस सोलले समान २ तथा अकिब इल्यासले १ विकेट लिए ।

१ सय ३४ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २६ रनमै समेटियो । निकोलस कीर्तन ४० रन, लोकेश बमले १९ रन र दीपक बोहोरले १८ रन बनाए ।

बलिङमा कर्णालीका नन्दन यादवले ३, विपिन शर्माले २, सोमपाल कामी, विलियम बासिस्टो र युनिश ठकुरीले समान १ विकेट लिए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.