पत्रकार महासंघ कोशी प्रदेशको अध्यक्षमा खड्का निर्वाचित, कसले कति पाए मत ?

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २९, शनिबार १५:४०

विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्षमा भरत खड्का निर्वाचित भएका छन् ।

प्रेस चौतारी र प्रेस युनियन गठबन्धनका उम्मेदवार खड्का ६१४ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका उम्मेदवार बिवेक गौतमले ३१७ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार सन्तवीर लामाले १२७ मत प्राप्त गरे ।

महासंघ प्रदेशको उपाध्यक्षमा कुमोद अधिकारी निर्वाचित भएका छन् । ६८० मतसहित अधिकारी निर्वाचित हुँदा अर्का उम्मेदवार शिवप्रसाद ढुंगानाले ३२५ मत प्राप्त गरे । उपाध्यक्ष महिलामा ६८१ मतसहित अम्बिका भण्डारी निर्वाचित भइन् । महिला उपाध्यक्ष उम्मेदवार रिता मोक्तानले ३३८ मत प्राप्त गरिन् ।

महासचिवमा हिमाकुमारी चेम्जोङ निर्वाचित भएकी छन् ।६६५ मतसहित चेम्जोङ निर्वाचित हुँदा महासचिवका अर्का उम्मेदवार अमृत बास्तोलाले २७५ र राजेन्द्रकुमार राईले १०६ मत प्रािप्त गरे । समावेशी सचिवमा अरबिन्दकुमार मेहता ६०९ मतसहित निर्वाचित हुँदा अर्का उम्मेदवार गजेन्द्र राईले ३८४ मत प्राप्त गरे । खुल्ला सचिवमा ध्रुव भट्टराई निर्विरोध निर्वाचित भएका थिए ।

कोषाध्यक्षमा ५२२ मतसहित सुदीप कोइराला निर्वाचित भए । कोषाध्यक्षका उम्मेदवार किशोर बुढाथोकी र मोहन भट्टराईले समान २२२ मत प्राप्त गरे । अर्का उम्मेदवार बाबुराम भण्डारीले ६२ मत प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.