एनपीएलबाट पोखरा र विराटनगर बाहिए

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २९, शनिबार १८:०१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ ।

कीर्तिपुरस्थित टियूको क्रिकेट मैदानमा भएको खेलमा चितवनले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको हो । जनकपुर पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् ।

एक खेल खेल्न बाँकी विराटनगर र पोखराले बाँकी रहेको १ खेल जिते पनि ६ अंक मात्र हुनेछ । उनीहरुको शीर्ष ४ मा पर्ने सम्भावना नरहेको हुँदा दुवै टोली बाहिरिएका हुन् ।

टस जितेर पहिलो ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको चुनौती जनकपुरसामु राख्यो । कुशल मल्लले ७२ रन, रवि बोपाराले ४४ रन, हसन इसाखिलले २८ रन सन्तोष कार्कीले १४ रन बनाए ।

बलिङमा जनकपुका ललित राजवंशीले २ तथा हर्ष ठाकर, मोहम्मद मोहसिन र जिमी निशमले समान १ विकेट लिए ।

१ सय ८१ रनको बलियो लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४८ रनमै समेटियो । जिमी निशमले ६५ रन, आसिफ शेखले २३ रन, शुभल कसांकार १५ तथा मोहम्मद मोहसिन १३ रनले बनाए ।

बलिङमा चितवनका रिजन ढकाल, सोहेल तन्भिर र कुशल मल्लले समान २ तथा अमरसिंह राउटेलाले १ विकेट लिए ।

अंक तालिकामा जनकपुर ७ खेलमध्ये ५ मा जित २ मा हार्दै १० अंकका साथ शीर्ष स्थानमा छ ।

सुदूरपश्चिम ५ खेलमध्ये ४ मा जित १ मा हार्दै ८ अंक, चितवन ७ खेलमध्ये ४ मा जित ३ मा हार्दै ८ अंक, कर्णाली ६ खेलमध्ये ४ मा जित २ मा हार्दै ८ अंक, काठमाडौं ६ खेलमध्ये ३ मा जित ३ मा हार्दै ६ अंक, विराटनगर ६ खेलमध्ये २ मा जित ४ मा हार्दै ४ अंक, पोखरा ६ खेलमध्ये २ मा जित ४ मा हार्दै ४ अंक र लुम्बिनी ७ खेलमध्ये १ मा जित ६ मा हार्दै २ अंक बनाएका छन् ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.