फाइल फाेटाेविराटनगर । पूर्वपश्चिम राजमार्गकाे सिरहा खण्डमा दुर्घटनामा परेको कारमा गाँजा बरामद भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलमा ना ३ ख ७५९१ नम्बरको ट्रकसँग ठोक्किएको बा ८ च ९९६३ नम्बरको कारमा १३० किलो गाँजा बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार कारबाट पाँच वटा प्लास्टिकको बोरामा प्याक गरिएको अवस्थामा १३० किलो गाँजा बरामद भएको हो ।
कारका चालक फरार छन् भने ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका १० बालचनपुर बस्ने सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार विराटनगरबाट रौतहट जाँदै गरेको ट्रकसँग कार रोमाइलमा ठोक्किएको थियो ।

























