
विराटनगर । विराटनगरमा रहेको कोशी विद्या मन्दीर (केभिएम स्कुल) का विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन् ।
सोमबार कटहरी गाउँपालिका– २ आदर्श टोल खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको कोशी विद्या मन्दिर बोर्डिङ स्कुलको को २ च १७१४ नम्बरको भ्यान अनियन्त्रीत भई सडकको नालामा खसेको थियो ।
दुर्घटनामा कटहरी– ३ की १४ वर्षीया आकृती जन्दार, ११ वर्षीया स्वेता जन्दार, ११ वर्षीय कार्तीक साह, ९ वर्षीय गणेश साह, १२ वर्षीय पंकज सिंह, १० वर्षीय शिसिर सिंह घाइते भएका हुन् । उनीहरुको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइतेकाे अवस्था सामान्य रहेकाे प्रहरीले बताएकाे छ ।

























