
विराटनगर । मोरङको सुनबर्षी नगरपालिका– ९ मा ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार राति करिब साढे ८ बजे सुनबर्षी– ९ भेरुवाथान सडक खण्डमा रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रक उत्तरतर्फ मोड्ने क्रममा स्टार्ट बन्द भएपछि रोकिएको थियो । रंगेलीबाट डाईनिया जाँदै गरेको मे ४ प १८२३ नम्बरको मोटरसाइकल सोही ट्रकको पछाडी ठोक्किएको थियो ।
स्टार्ट बन्द भएर सडकमा रोकिएको ट्रकसँग ठोक्किदा मोटरसाइकल चालक मोरङ सुनबर्षी– ९ बालुबारीका २५ वर्षीय स्वाचन ऋषिदेव गम्भीर घाइते भएका थिए ।
दुर्घटनापछि टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारको लागि रंगेली अस्पताल पठाइएको थियो । राति नै चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रहरीले ट्रक चालक मोरङको जहदा गाउँपालिका– ४ रामचोक बस्ने २९ वर्षीय सुधिर महत्तोलाई पक्राउ गरेको छ ।

























