कोशीमा आए नयाँ डिआइजी

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ४, बिहीबार ०७:५०

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजन अधिकारीले सम्हालेका छन् ।

मंसिर २७ गते विशेष व्यूरोबाट उनको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएको थियो । अधिकारीले पुस ३ गते कार्यभार सम्हालेका हुन् ।

जिम्मेवारी सम्हालेपछि अधिकारीले प्रहरीले समाजलाई जीवन्त, गतिशील र सुरक्षित राखी राख्न अहोरात्र खट्नुपर्ने बताए ।

समाजका हरेक पक्षहरू सुरक्षाको जगमा अडेको बताउँदै उनले सुरक्षा नै समाजको मेरूदण्ड रहेको बताए । उनले त्रुटीरहित कार्य सम्पादन गर्न निर्देशन दिए ।

सवारी दुर्घटना, साईबर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, सहकारी ठगी र अन्य प्रकारका अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा काम गर्ने पनि बताए ।

उनले ‘अपराधीलाई डर र निर्दोषलाई भर’ को पहिचान बनाई काम गर्न निर्देशन दिए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.