फाइल तस्बिरविराटनगर । विराटनगरमा सडक कालोपत्रे गर्ने क्रममा अलकत्रा बोकेको ट्रकमा आगलागी भएको छ ।
शुक्रबार बेलुका करिब ५ बजे विराटनगर महानगरपालिका– ५ मा आगलागी भएको हो ।
स्थानीय शान्ति चोक जाने भित्री सडकखण्ड पिच गर्ने क्रममा अलकत्रा बोकेको को १ ख ३१२५ नम्बरको ट्रकमा अचानक आगलागी भएको थियो ।
अलकत्रा तातिएर आगलागी हुँदा ट्रकको पछाडि भाग आधा जलेको छ । ट्रक नजिकै रहेको प्र १–०४४–२६२६ नम्बरको मोटरसाइकल पनि जलेको प्रहरीले जनाएको छ ।
आगो विराटनगर महानगरपालिकाबाट गएको दमकल र स्थानीयले निभाएको थियो ।

























