
काठमाडौं । प्रहरीले डा. निकोलस भुसाललाई पक्राउ गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा भुसाललाई पक्राउ गरेको हो ।
प्रहरीले आइतबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामलाल ओलियाले भुसाल पक्राउ परेको जानकारी दिए । उनीमाथि साइबर क्राइमको आरोपमा अनुसन्धान हुनेछ ।
लामिछानेको फोटो सार्वजनिक गर्नुमा आफ्नो गलत नियत नभएको उनले यसअघि नै प्रष्टीकरण दिइसकेका थिए ।

























