सांकेतिक तस्बिरजनकपुरधाम । धनुषा धनुषाको मिथिला नगरपालिका ३ हरिपुरकी ४८ वर्षीया रेशमी देवी बिनको शव गाडेको अवस्थामा फेला परेको छ । हत्या गरी आफ्नै घरको शौचालय पछाडि खाल्डो खनेर गाडेको अवस्थामा उनको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहका अनुसार हत्या आरोपमा उनका श्रीमान दशैया पक्राउ परेका छन् । उनले घरायसी विवादमा हत्या गरेको स्वीकार गरेका छन् । दशैयाकै बयानका आधारमा रेशमीको शव फेला परेको हो ।
बुधबार दिउँसो १२ बजेसम्म श्रीमान्–श्रीमतीबीच झगडा भएको थियो । बेलुका बुहारीले खाना खाने बेला सासु खोजेपछि घटना बाहिर आएको थियो । शव उत्खनन गरी प्रहरीले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ ।

























