पाँच महिनामा कोशीमा साढे ३ हजार दुर्घटना, १९१ जनाको मृत्यु

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १२, शुक्रबार ०७:३४

झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् ।

पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी सङ्केतको अभावमा पनि मोटरसाइकल दुर्घटना बढेको हो ।

सवारी दुर्घटनामा परी पाँच महिनाको अवधिमा एक सय ९१ जनाको मृत्यु भएको छ । तीन सय २७ जना गम्भीर घाइते भएकाे कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.