
काठमाडौं । सानै उमेरमा गीत गाएर चर्चामा आएका सचिन परियारको निधन भएको छ ।
महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन् ।
भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा प्रसस्त छन् ।
सचिनले महानयक राजेश हमालसँग म्युजिक भिडियो अभिनय गरेका थिए । हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए ।
अस्पताले पनि उनको निधन भएको पुष्टि गरेको छ ।

























