
काठमाडौं । काठमाडौंसहित आसपासको क्षेत्रमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।
आज दिउँसो सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प भएको हो । जसको महसुस काठमाडौंसहित आसपासको क्षेत्रमा भएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल–चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलोमिटर पर माझीटार केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार यसअघि १६ पुसमा बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

























