झापामा भारतीय स्कोरपिओको ठक्करबाट महिलाको मृत्यु

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २१, आइतबार १०:४१

झापा । झापामा भारतीय नम्बर प्लेटको स्कोरपिओ गाडीको ठक्करबाट शनिबार राति एक जना महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–६ मा डब्लुबी ७४ बीएन ६८८५ नम्बरको गाडीले पैदलयात्री महिलालाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर मेचीनगर–६ की अन्दाजी ५८ वर्षीया माला थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापालाई बाटो क्रस गर्दै गर्दा साँझ ५ः३० बजेतिर स्कोरपिओले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्तासीटी अस्पताल लगियो । उपचारकै क्रममा राति १०ः३५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कोरपिओ चालक भारतको पानीट्यांकी बस्ने २१ वर्षीय विकाश विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । पैदलयात्री महिलाले बाटो काट्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.