सात जिल्लाको सिडिओ फेरिए, मोरङमा यादव

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २२, सोमबार २३:०१
फाइल तस्बिर

विराटनगर । गृह मन्त्रालयले सात जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । काठमाडौं, कैलाली, सुनसरी, मोरङलगायत जिल्लाका सिडिओको सरुवा गरेको हो ।

मोरङका सिडिओ प्रेम प्रसाद भट्टराईको गृह मन्त्रालय सरुवा भएको छ । उनको स्थानमा इन्द्रदेव यादव आएका छन् । यादव सुनसरीमा पनि प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारीमा थिए ।

काठमाडौंका सिडिओ जयनारायण आचार्यकाे गृह मन्त्रालयमा, कैलालीका सिडिओ धर्मेन्द्रकुमार मिश्रको सुनसरी सरुवा भएको छ ।

सुनसरीका सिडिओ रामचन्द्र तिवारीको गृह मन्त्रालय, झापाका सिडिओ बन्धुप्रसाद बास्तोलाको गृह मन्त्रालय र सर्लाहीका सिडिओ गोपालकुमार अधिकारीको झापा सरुवा भएको छ ।

सल्यानका सिडिओ शम्भु प्रसाद रेग्मीको गृह मन्त्रालयमा सरुवा भएको छ । गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाल कैलालीको सिडिओ, तुलसीबहादुर श्रेष्ठ सर्लाहीको सिडिओ, ऋषिराम तिवारी काठमाडौंको सिडिओमा सरुवा भएका छन् । दाङका सहायक सिडिओ शावित्रा पुनको सल्यान सरुवा भएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.