साेलुखुम्बुमा भूकम्पले भत्काएकाे एउटा घरकाे पर्खालविराटनगर । मंगलबार बिहान गएकाे भूकम्पका कारण काेशी प्रदेशका पहाडी जिल्लामा सामान्य क्षति पुगेकाे छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशका केही जिल्लाका घरहरुमा क्षति पुगेकाे हाे ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा र ताप्लेजुङका केही घरमा भूकम्पले क्षति पुगेको विवरण छ ।
ओखलुढंगाको चिसाङ्खुगढी ५ का इन्द्रबहादुर परियारको घरमा पूर्ण क्षति भएको छ । सिद्धिचरण नगरपालिका– २ का हिमाल कार्की र खानीगाउँका चन्द्रबहादुर पुलामीको घरमा आसिंक क्षति घरमा क्षति पुगेको छ ।
सोलुखुम्बुकाे खम्बुपासङ लाम्यु गाउँपालिका– ५ का डिमा शर्माको घरमा क्षति भएको छ । थुलुङ दूधकोशी गाउँपालिका– ७ का हर्कबहादुर खत्री र थामे प्रहरी पोष्टको कार्यालय भवनमा पनि क्षति पुगेको छ ।
ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख बस्ने घरमा आंशिक क्षति पुगेको छ । संखुवासभाको भोटखोला–१ किमाथांका का तेन्छेदी शेर्पाको घर भत्किएको छ ।
आज बिहान ६ः५० मा भूकम्पको ठूलो धक्का महसुस भएको थियो । भूकम्पमा परी चीनकाे तिब्बतमा मात्रै ५३ जनाकाे मृत्यु भएकाे थियाे ।

























