
काठमाडौं । अमेरिकामा कार दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ । हिउँमा चिप्लिएर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खसेको थियो ।
दुर्घटनामा परेर कार चालक ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्टको मृत्यु भएको हो । खड्का सोही होटलमा काम गर्थे । भान्जा नाता पर्ने भट्टराई होटलमै काम लगाइदिन भनेर उनले बोलाएका थिए ।
पार्किङस्थलबाट कार करिब १० मिटर गहिरो पोखरीमा खसेको थियो । चिसोका कारण उद्धारमा ढिलाइ हुँदा उनीहरुको मृत्यु भएको बताइएको छ । मृतक खड्का छोरी, ज्वाईं र श्रीमतीसहित अमेरिकामा बस्दै आएका थिए । भट्टको परिवार भने नेपालमै छ ।

























