मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १, मंगलबार ०८:०८

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित अधिकारी चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रमितेबाट धोबेनी बजारतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प ३६१२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति ९ः३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सडकबाट उछिट्टिएर बाटोको नालीमा खसेर मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मिक्लाजुङ–३ का ३४ वर्षीय प्रदीप राईको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । राईलाई घाइते अवस्थामा उद्धार गरेर उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो ।

उपचारका क्रममा करिब १ घण्टापछि चिकित्सकले मृत घोषित गरेको इन्स्पेक्टर लम्सालले बताए । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.