
जुम्ला । स्याउ बगैंचाबाट सुरु भएर जंगलमा फैलिएको आगो नियन्त्रणमा लिने क्रममा जलेर एक जना वृद्धको मृत्यु भएको छ ।
जुम्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको लेकाली क्षेत्र रुपाकोटमा घटना भएको हो । प्रहरीका अनुसार आगोले जलेर ८० वर्षीय स्थानीय भद्द रावलको मृत्यु भएको छ ।
स्याउ बगैंगाबाट सुरु भएको आगो जंगलसम्म फैलिएको थियो । आगो नियन्त्रणमा लिने क्रममा जलेर आइतबार दिउँसो वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगो हालसम्म नियन्त्रणमा आउन नसकेको गाउँपालिकाका पूर्वअध्यक्ष पूर्ण धितालले बताए । आगो निभाउन प्रमुख जिल्ला अधिकारी, सशस्त्र र नेपाल प्रहरीसँग समन्वय भइरहेको उनको भनाइ छ ।

























