बलुडाँडाको झडप बारे छलफल गर्न गृहमन्त्रीले बोलाए सांसद

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १५, मंगलबार १०:४५

काठमाडौं । ताप्लेजुङको पाथिभरा मन्दीर क्षेत्रको बलुडाँडामा भएको घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदलाई बोलाएका छन् ।

ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको काम रोक्न  पहिचान पक्षधरले  माग गर्दै आएका छन् ।

‘नो केबलकार’ अभियान सञ्चालन गरिरहेकाे पहिचान पक्षधर र प्रहरीबीच साेमबार झडप हुँदा तीन जना गम्भीर घाइते भएका थिए ।

तीन मध्ये दुई जनालाई प्रहरीले चलाएको गोली लागेको छ । घटनामा २१ जना प्रहरी पनि घाइते भएका थिए ।

प्रहरीले दमन गरेको भन्दै विरोधमा उत्रिएकाहरुले आजदेखि मेची राजमार्ग, तमोर करिडोर बन्द आह्वान गरेका छन् ।

मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरुले माघ १५ गतेदेखि अनिश्चितकालीन बन्द आह्वान गरेको हाे ।

पहिचान पक्षधरले केबलकार राेक्न माग गर्दै सुरु गरेकाे आन्दाेलन  पेचिलाे बनेपछि घटनाकाे विषयमा छलफल गर्दा गृहमन्त्रीले सांसदहरुलाई बाेलाएका हुन् ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.