ताप्लेजुङ बन्दको सामान्य प्रभाव, मोर्चाका नेता पक्राउ

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १५, मंगलबार १२:४०

विराटनगर । केबलकारको विरोध गर्दै पहिचानबादी मोर्चाले घोषणा गरेको ताप्लेजुङ बन्दको सामान्य प्रभाव परेको छ । प्रहरीका अनुसार चारपांग्रे सवारी चलेका छैनन । स्कुल, बजार र कलकारखाना खुल्ला छन् ।

सोमबार पाथिभरा क्षेत्रको बलुडाँडामा केबलकारको विरोधमा रहेको पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते भएका थिए ।

प्रहरीले दमन गरेको भन्दै केबलकारको विपक्षमा रहेको पहिचान पक्षधरले आजदेखि ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालिन बन्द घोषणा गरेको थियो ।

घोषणापछि ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार बन्द गराउँदै हिडेका पहिचानवादी मोर्चाको ताप्लेजुङ जिल्ला संयोजक ५२ वर्षीय प्रदिप मादेनलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलका अनुसार मादेन बलुडाँडामा भएको हुलहुज्तको घटनाका नेतृत्वकर्ता हुन् । म‌गलबार बजार बन्द गराउँदै हिडेको अवस्थामा पक्राउ गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.