बहुविवाहमा सर्वोच्चको नयाँ नजिर, २ न्यायाधीशको असहमति (पूर्णपाठ)

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २९, मंगलबार १०:०५

विराटनगर । सर्वाेच्च अदालतले बहुविवाह मुद्दामा नयाँ नजिर स्थापित गरेको छ ।

मदनबहादुर मल्लविरुद्ध गोमा डाँगीले दायर गरेको बहुविवाह मुद्दामा न्यायाधीश डा.श्री मनोजकुमार शर्मा, तिलप्रसाद श्रेष्ठ, शारङ्गा सुवेदी, टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेलको वृहत पूर्ण इजलासले नयाँ नजिर स्थापित गरेको हो ।

यो नजिरमा तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको भने फरक राय छ ।

२०७१ साल साउन २७ गतेबाट सुरु भएको यो मुद्दामा गत बैशाख ६ गते सर्वोच्च अदालतको वृहत पूर्ण इजलासले फैसला गरेको थियो । पूर्णपाठ भने ढिलोगरी सार्वजनिक भएको हो ।

बहुविवाह मुद्दामा नेपाल प्रहरीमा कार्यरत मदनबहादुर मल्ललाई बर्दिया जिल्ला अदालतले २०७१ माघ २९ गते विहावरीको १० नं अनुसार एक वर्ष कैंद र पाँच हजारको फैसला भएको थियो । उनकी दोस्रो श्रीमती सम्झना सुनुवारलाई भने जानी जानी विवाह गरेको भन्‍ने पुष्टि हुन नआएकाले सफाई पाउने फैसला गरेको थियो ।

उनीहरुले २०७१ बैशाख १६ गते विवाह गरेका थिए । पाँच महिनापछि बहुविवाह मुद्दा अदालतमा पुगेको थियो । पुनरावेदन अदालत नेपालगञ्‍जले २०७२ कात्तिक २३ गते जिल्लाको फैसला सदर गरेको थियो ।

उच्चको फैसलाविरुद्ध मल्लले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्च अदालतमा यो मुद्दा संयुक्त इजलास, पूर्ण इजलास हुँदै वृहत पूर्ण इजलासमा पुगेर किनारा लागेको थियो ।

तपाइको प्रतिक्रिया
विश्वकपमा अब क्वाटरफाइनलको दौड, यी हुन् अन्तिम १६ मा पुगेका टोली
नसुध्रिएका अभिषेक गिरी : ९ वर्ष जेल बसेर छुटेपछि पनि पुरानै धन्दा
मोरङका सीमा क्षेत्रको निरीक्षणमा गृहमन्त्री गुरुङ : ‘प्रहरीका जीर्ण भवन छिट्टै निर्माण गर्छौं’
संस्कार, सुशासन र समृद्धिको शासकीय सूत्र
संस्कार, सुशासन र समृद्धिको शासकीय सूत्र
कोलम्बिया अन्तिम १६ मा, अब स्विट्जरल्यान्डसँग भेट
सय दिन पूरा गरेको बालेन सरकारले सार्वजनिक गर्दैछ कार्यसम्पादन विवरण
दुई डीआईजीको सरुवा, कार्य विभाग र अख्तियारमा जिम्मेवारी हेरफेर
जीवन यात्रा र गुरुको मार्ग दर्शन
जीवन यात्रा र गुरुको मार्ग दर्शन
गृहमन्त्री सुधन गुरुङ विराटनगर आउँदै
नेपाली कामदारलाई कोरिया पठाउन म्यानपावरका लागि बाटो खुला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.