भक्तपुरमा तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता हुँदै 

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १२, सोमबार १९:५७

काठमाडौं । भक्तपुरमा तेस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

नेपाल डोरीतान संघले सोमबार (आज) पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको छ । संघका अध्यक्ष भवानीप्रसाद पौडेलले फागुन १६ र १७ गते भक्तपुरमा राष्ट्रिय डोरीतान प्रतियोगिता गर्न लागेको जानकारी दिए ।  

प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र ३ विभागीय सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय गरी ८ टोलीको सहभागिता हुने अध्यक्ष पौडेलले बताए । 

महिलातर्फ सुदूरपश्चिम र कर्णाली प्रदेशले प्रतियोगितामा सहभागिता जनाएका छैनन् । प्रतियोगितामा कुल १८ टिमका १ सय ६२ खेलाडीले भाग लिनेछन् ।

पुरुषतर्फ ६ सय ४० केजी तथा महिलातर्फ ५ सय ८० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पुरुष विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार पुरस्कार प्राप्त गर्नेछन् भने महिलातर्फको विजेताले ६० हजार तथा उपविजेता टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नेपालको पुरानो मौलिक खेल भएर पनि लामो समयसम्म ओझेलमा परेको खेलको राष्ट्रिय प्रतियोगिताको आयोजनाले डोरीतान खेलको प्रवर्र्धनमा टेवा पुग्ने अध्यक्ष पौडेलले बताए । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.