फाइनलमा म्यानमारसँग स्तब्ध, नेपालको उपाधि जित्ने सपना अधुरै

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १४, बुधबार २०:३५

काठमाडौं । काठमाडौंमा भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ ।  फाइनलमा म्यानमारसँग पराजित भएपछि नेपाली टोलीको उपाधि जित्ने सपना अधुरै भयो । 

म्यानमारले नेपाललाई २–० गोलअन्तरमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो हाफ गोलरहित बराबरीमा खेले पनि दोस्रो हाफमा म्यानमार गोल गर्न सफल भयो । 

६२औं मिनेटमा यू पर कियोङले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी हुन् । त्यसको २ मिनेटपछि नै क्याप्टेन विन थियाङ थुमले गोल गर्दै अग्रता दोब्बर बनाएकी थिइन् । 

लेबनन र किर्गिस्तान समेत सहभागी ४ देशीय च्याम्पियनसिपको लिग चरणमा शीर्ष २ भित्र रहँदै नेपाल र म्यानमारले फाइनल खेलेका हुन् । लिग चरणमा यी २ टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

फिफा वरियतामा म्यानमार नेपालभन्दा ४८ स्थान माथि रहेको छ । म्यानमार ५५ र नेपाल १ सय ३ स्थानमा रहेका छन् । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.