
झापा । झापाको बाह्रदशी गाउँपालिका–७ डाँगीबारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अबसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
बाह्रदशी गाउँपालिका अध्यक्ष ११ र बाह्रदशी शिक्षक ११ बीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उद्घाटन बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाईंले गरे ।
गौरीशंकर माध्यमिक विद्यालयमा भएको प्रतियोगिताअन्तर्गत बाह्रदशी गाउँपालिका अध्यक्ष ११ को कर्मचारीले बाह्रदशी शिक्षक ११ टोलीलाई टाइब्रेकरमा ५– ४ को गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित समयमा दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो ।
प्रतियोगिताका विजयी टोलीलाई गाउँपालिका अध्यक्ष चम्लागाईं, प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलाले ट्रफी प्रदान गरे । म्यान अफ द म्याच बाह्रदशी शिक्षक ११ का जीवन धमला भए ।
गौरीशंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर राईको अध्यक्षतामा भएको थियो ।



















