
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपाली पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
एन्फाले अष्ट्रेलियाका म्याट रसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उनलाई एन्फाका महासचिव किरण राईले स्वागत गरेका छन् ।
यसअघि नेपाली पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेस थिए । उनको ठाउँमा म्याट रसलाई प्रमुख प्रशिक्षक बनाइएको हो ।
एनेसको म्याद गत भदौमा सकिएको थियो । एन्फाले उनको सम्झौता नवीकरण नगरेपछि राष्ट्रिय टोली प्रमुख प्रशिक्षकविहीन बन्यो ।
लामो समयदेखि मुख्य प्रशिक्षकविहीन रहेको राष्ट्रिय टोलीले करिब ६ महिनापछि मुख्य प्रशिक्षक पाएको हो ।



















