टी–२० क्रिकेट : झापा विजयी

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १४, बिहीबार १९:४०

विराटनगर । विराटनगरमा आयोजित प्रदेशस्तरीय टी– २० क्रिकेट प्रतियोगितामा झापा विजयी भएको छ ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा सुनसरीलाई ६ रनले पराजित गर्दै झापाले रोमाञ्चक जित निकालेको हो । जारी प्रतियोगितामा दोस्रोपटक हार बेहोरेसँगै सुनसरी प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११७ रन बनायो । झापाको जितको लागि संगम बुढाथोकीले सर्वाधिक २१ बलमा २६ रन बनाए ।

भूपाल डाँगीले २५ बलमा २२ रन पारी खेल्दा झापा दीपु भुजेल र भूपेश गौतमले समान २१–२१ रनको योगदान गरे । झापाका अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।

सुनसरीका सिरान यादव र सोनु मण्डलले समान २–२ विकेट लिए । सिरानले ४ ओभरमा २९ रन खर्चिए भने सोनुले २ ओभरमा १५ रन खर्चिए ।

त्यसअघि सुनसरी २० ओभरमा ६ विकेटको क्षतिमा १११ रनमा सीमित भएको थियो । सुनसरीका गौरव कटुवालले ३१ रन पारी खेल्दा श्रीजन २२ रन र सोनु मण्डले १८ रनको योगदान दिए ।

झापाका विजय कार्की र सुरन्जन राईले समान २–२ विकेट लिए भने संगम बुढाथोकीले १ विकेट लिए । संगम खेलको प्यलेर अफ दी म्याच घोषित भए ।

बिहीबार नै भएको पहिलो खेलमा इलामले घरेलु टिम मोरङमाथि ६ रनको रोमाञ्चक जित निकालेको थियो । शुक्रबार आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी र झापाबीच प्रतिस्पर्धा हुने छ ।

टी–२० क्रिकेट : इलामको रोमाञ्चक जित

तपाइको प्रतिक्रिया
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.