सिक्कल प्रहारले महिला गम्भीर घाइते

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १२, शुक्रबार १२:१६

झापा । झापाको मेचीनगरमा एक पुरुषले धारिलो हतियार प्रहार गरी एक महिलालाई गम्भीर घाइते बनाएका छन् । मेचीनगर नगरपालिका-१४ धाइजन बस्ने ३१ वर्षीया पुजा खरेललाई बुधवार साँझ ७ बजेतिर ५० वर्षीय लालबहादुर राजवंशीले मादक पदार्थ सेवन गरी सिक्कल प्रहार गरेका थिए ।

घाइतेलाई चारआलीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । हतियार प्रहार गर्ने राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.