
जनकपुर । अख्तियार र सिआईबीको अधिकृत हुँ भन्दै ठगी गरेको आरोपमा धनुषाबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
धनुषाको वट्टेश्वर गाउँपालिका –५ कालिपुर का ३३ वर्षीय रामभजन मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मण्डलले केही महिनादेखि धनुषाको शहिदनगर लगायत विभिन्न स्थानमा आफू अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास महोत्तरी तथा केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको अधिकृत कर्मचारी भएको बताउँदै आएका थिए ।
मण्डलले कहाँ के कसरी ठगी गरेको भन्ने प्रहरीले खुलाएको छैन । मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























