
काठमाडौं । सांसद माया राईलाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आइतबार अनुमति दिएको छ ।
उनलाई अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको हो । नेपाली कांग्रेसकी समानुपातिक सांसद राई शनिबार साँझ पक्राउ परेकी थिइन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । राईमाथि काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहँदा सहसचिव थिइन् । सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।
राईसमेत ५ जनालाई उन्मुक्ति दिँदै ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । राई समेतका व्यक्तिले ६ सय ९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो ।
जनजाति कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य रहेकाी उनी पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छिन् ।

























