
कैलाली । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धानका क्रममा रहेका बेला हतकडीसहित भागेकी महिला थुनुवा पक्राउ परेकी छन् । उनी भागेर भारत पुगेकी थिइन् ।
सरकारी वकिल कार्यालय कैलालीबाट फरार भएकी टीकापुर नगरपालिका–१ की ५० वर्षीया मीना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको कैलाली प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए । भारतको पलियामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनको भनाइ छ ।
म्याद थपका लागि सरकारी वकिलको कार्यालय लैजाने क्रममा दमाई हतकडीसहित आइतबार फरार भएकी थिइन् । घटनापछि प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशी निलम्बनमा परेका छन् ।

























