एआईजीमा बढुवा भएका ६ जनाको पदस्थापन

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार ०६:१४

काठमाडौं । नेपाल प्रहरीमा बढुवा भएका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको पदस्थापन भएको छ ।

एआईजी चन्द्रकुबेर खापुङलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), लालमणि आचार्यलाई कार्य विभाग र कृष्णहरि शर्मालाई प्रशासन विभागमा पदस्थापन गरिएको छ । एआईजी दानबहादुर कार्कीको मानव स्रोत विभाग, राजन अधिकारीको अपराध अनुसन्धान विभाग र डा. मनोज केसीको प्रदेश समन्वय विभागमा पदस्थापन भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनीहरुलाई वैशाख ११ गतेदेखि लागू हुने गरी एआईजीमा बढुवा गर्ने निर्णयल लिएको थियो । उनिहरुई वैशाख ४ गते गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.