धनकुटामा सशस्त्रलाई छलेर भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार ११:४७

काठमाडौं । धनकुटामा सशस्त्र प्रहरीलाई छलेर भागेको एउटा कार दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । उक्त कारभित्र ठूलो परिमाणमा लागुऔषध गाँजा भेटिएको छ ।

सशस्त्रलाई छलेर मुलघाटबाट भागेको कार धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरनामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । सशस्त्रले चेकजाँच गर्न खोज्दा को २ प १७३४ नम्बरको कार भागेको थियो ।

खोजी गर्ने क्रममा दुर्घटनाग्रस्त र बेवारिसे अवस्थामा फेला पर्यो । दुर्घटनामा परेको कारण खानतलासी गर्दा १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

कारको चालक भने फेला परेनन् । दुर्घटनाग्रस्त कार र गाँजा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.