रुकुम पश्चिममा प्रहरीले अफिम खेती नष्ट गर्दै

Share this
802shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १९, शुक्रबार १८:४४

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट, सानीभेरी र बाँफीकोट पालिकामा गरेको लागुऔषध अफिम खेती प्रहरीले नष्ट पारेको छ ।

चैतदेखि हालसम्म ३ वटा पालिकाको २ सय ३३ रोपनीमा लगाइएको अफिम खेती नष्ट गरेको प्रहरीले जनाएको छ ।

आठबिसकोट नगरपालिका –१ मा ४० रोपनी, २ नम्बर वडामा २३ रोपनी र ३ नम्बर वडामा ५० रोपनी, ५ नम्बर वडामा १८ रोपनी, ७ नम्बर वडामा २६ रोपनी, १२ नम्बर वडामा ६ रोपनीमा लगाइएको अफिम खेती नष्ट गरिएको छ ।

त्यस्तै, सानीभेरी गाउँपालिका –६ र बाँफीकोट गाउँपालिका –५ मा ३५–३५ रोपनीमा लगाइएको अफिम खेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।

अफिम खेती जंगलको बीच भागमा गर्ने भएकाले खेती गर्ने मानिसको पहिचान गर्न नसक्दा कारबाहीको दायरामा ल्याउन नसकेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.