विराटनगर र बुढीगंगामा चोरी गरेको आरोपमा १ जना पक्राउ 

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २१, आइतबार १९:४८

विराटनगर । मोरङको विराटनगर र बुढीगंगामा भएको चोरीको घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगरका १ जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका –२ का २७ वर्षीय सुमन तोलाङगीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका तोलाङलीले विभिन्न ठाउँबाट सुन चाँदीका गरगहना, पैसा, मोबाइललगायत जिन्सी सामानहरू चोरी गर्ने गरेको खुलेको छ ।

विराटनगर –३ को साजन पार्टी प्यालेसको अफिस कोठामा राखेको ३ तोलाको सुनको गहना र २ लाख रुपैयाँ गत फागुन २९ गते चोरी भएको थियो ।

त्यस्तै, बुढीगंगा गाउँपालिका –१ को एउटा घरबाट सुनका विभिन्न गरगहना, पैसा र जिन्सी सामान गत वर्षको वैशाख १० गते चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीका २ वटा घटना स्थलको सिसी क्यामेराको आधारमा अनुसन्धान गर्दै जाँदै तोलाङगीलाई शुक्रबार विराटनगरको रंगशाला नजिकबाट पक्राउ परेको डीएसपी जोशीले बताए ।

पक्राउपछि तोलाङगीको घर खानतलासी गर्दा नवराज भट्टराईको घरमा चोरी भएका सुनका गरगहनाको बट्टाहरू फेला परेको थियो ।

पक्राउ परेका तोलाङगीलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.