खुकुरी प्रहार गरी श्रीमतीको हत्या

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २८, आइतबार १४:०९

झापा । झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीमा एक जनाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । प्रहरीले दिएको जानकारीअनुसार ३५ वर्षीय कविराज हेमरमले आपसी झगडापछि हिजो (शनिबार)  श्रीमती ३४ वर्षीया पूजा हेमरमको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

घटना राति करिब ११:२० बजे भएको हो । पारिवारिक विवादपछि कविराजले पूजा हेमरममाथि उनीहरू सुत्ने कोठामै खुकुरी प्रहार गरेका थिए । घटनापछि फरार रहेका कविराजलाई प्रहरीको टोलीले केही समयमै कनकाई नगरपालिका क्षेत्रकै सुरुङ्गा सडकबाट नियन्त्रणमा लिएको जनाएको छ ।

शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल, भद्रपुरमा राखिएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.