गहना र नगदसहित २ जना पक्राउ

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २९, सोमबार १५:५६

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका-६, भेडेटारबाट प्रहरीले सुनचाँदीको गहना तथा नगदसहित आज (सोमबार) २ जनालाई नियन्त्रणमा लिएको छ । धरान जाँदै गरेको प्र.१-०२–०५४ प २१६५ नम्बरको एफजेट मोटरसाइकलमा सवार दुईजना व्यक्तिहरुलाई शंका लागेर जाँच गर्दा चालक धिरज विश्वकर्माले बोकेको झोलाभित्र चाँदीका गहना, सुन जस्तो देखिने धातुका ५ थान टुक्रा र नगदसमेत फेला परेको छ ।

ती सामग्रीको बिलबिजक नभएकोले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए । उनीहरुको साथबाट फेला परेको गहनाबारे सुनचाँदी व्यवसायी संघसँग समन्वय गरी तौल गर्दा चाँदी जस्तो देखिने ३ हजार १ सय ४९ ग्राम फेला परेको हो ।

यसैगरी, पोतेमा भएको सुन जस्तो देखिने पेन्डेन्ट ५ थान र सुन जस्तो देखिने स–सानो टुक्रा ५ थानको जम्मा १२ दशमलव ७१ ग्रामको गहनासमेत छ । जसको मूल्य २ लाख ८६ हजार बढी रहेको बताइएको छ । उनीहरुको साथबाट ५ सय र १ हजार गरी ८५ हजार ५ सय नगद पनि प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका मोरङको, लेटाङ–८, जाँते बस्ने ३० वर्षीय मनोज विश्वकर्मा र १९ वर्षीय धिरज विश्वकर्मालाई आवश्यक कारबाहीका लागि प्रहरीले मंगलबार राजश्व अनुसन्धान कार्यालय पठाउने भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.