सिकार खेल्न गएका युवकको बन्दुक पड्किएर मृत्यु

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १, बिहीबार ०७:१८
फायल तस्बिर

पाँचथर । पाँचथरमा वन्यजन्तुको सिकार गर्न गएका १ जना युवकको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ ।

घटना फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको जंगलमा बुधबार राति भएको हो । प्रहरीका अनुसार भरुवा बन्दुक बन्दुक पड्किँदा फिदिम नगरपालिका–९ का २० वर्षीय सुन्दर सारु मगरको मृत्यु भएको छ ।

मगर छिमेकी ३३ वर्षीय छिमेकी मनबहादुर सम्बाहाम्फेसँग सिकार खेल्न जंगल गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सिकार खेल्न जंगल गएका बेला बन्दुक पड्किएर मगरको पेटमा लागेको थियो ।

गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि पाँचथर अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनालगत्तै प्रहरीले मगरसँगै सिकार खेल्न गएका सम्बाहाम्फेलाई पक्राउ गरेको छ ।

पक्राउ परेका सम्बाहाम्फेबाट भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी इन्स्पेक्टर रुपेश तामाङले जानकारी दिए । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.